• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ६, मंगलबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सांसदको भूमिका कमजोर पार्ने प्रयास गलत: सूर्य बहादुर थापा

१५ मिनेट अघि
२

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता

२४ मिनेट अघि
३

ग्याँस अभावको नाटक गरेर उपभोक्ता ठगिँदै: सांसद रमा कोइराला

५१ मिनेट अघि
४

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

१ घण्टा अघि
५

उपसमितिको प्रतिवेदनप्रति शिक्षक महासंघको चर्को असन्तुष्टि

१ घण्टा अघि
६

प्रधानमन्त्री ओली अस्वस्थ : संसदमा हुने भनिएको प्रश्नोत्तरको कार्यक्रम स्थगित

१ घण्टा अघि
७

कान्स फिल्म भेस्टिभलमा प्रदीप खड्का

२ घण्टा अघि
८

सिटिजन्स बैंक र क्लब ‘१०एक्स’ बीच समझदारी

२ घण्टा अघि
९

एसिया छनोटको उपाधिका लागि नेपाल र थाइल्याण्ड आमनेसामने

३ घण्टा अघि
१०

आज प्रधानमन्त्रीले प्रतिनिधिसभामा जवाफ दिने

३ घण्टा अघि
११

महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्न आदेश

१९ घण्टा अघि
१२

गणतन्त्र दिवस २०८२ भव्यरूपमा मनाउन मूल समारोह समिति गठन

२१ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ३ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ५ दिन अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ३ दिन अघि
  • prev
    next

    ओलीसँग सम्बन्ध बढाँउदै प्रधानमन्त्री देउवा :

    न्युज डेस्कप्रकाशित मिति: २०७८ आश्विन १३, बुधबार (३ साल अघि)
  • ७७४ पाठक संख्या
  • oli and kraki

    १३ असोज,काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंगको सम्बन्धलाई बढाँउदै लगेका छन् ।

    पछिल्लो समय एमसिसि पारित लगायतका विषयमा ओलीसंग छलफल गर्दै आएका प्रधानमन्त्री देउवाले मंगलवार साँझपनि आफ्ना विश्वासपात्र मानिएका कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ओली निवास बालकोट पठाएका हुन् । कानुन मन्त्री कार्कीलाई एमसिसि पारितकै बिषयमा छलफल गर्न बालकोट पठाईएको श्रोतले बताएको छ ।

    यसअघी पनि प्रधानमन्त्री देउवाले कानुन मन्त्री कार्कीलाई ओलीकहाँ दुईपटक पठाइसकेका छन् । त्यस्तै हिजो मंगलबार साँझ पनि ओलीसँग सम्बन्ध सुधारको सन्देश लिएर कार्की बालकोट पुगेका थिए । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेको भोलिपल्ट बिहानै कार्की प्रधानमन्त्री देउवाको सम्बन्ध सुधारको सन्देश लिएर बालकोट पुगेका हुन् ।

    ‘सम्बन्ध सुधार गरौँ, अब मिलेर अघि बढ्नुपर्छ भन्ने प्रधानमन्त्रीको सन्देश लिएर आउनुभएको रहेछ,’ ओली निकट स्रोतले भन्यो, ‘के विषयमा सम्बन्ध बिग्रेको हो भन्नेबारेमा तपाईंहरुलाई पनि जानकारी छ ।’ देउवा र ओलीबीच सरकारले ल्याएको अध्यादेश, नेकपा एमाले विभाजन गराउन प्रधानमन्त्री र सभामुखले षडयन्त्र गरेकोलगायतका विषयमा विवाद बढ्दो छ । तर कतिपयले भने ओली र देउवाको सम्बन्ध नजिकिदो कारण अर्कै रहेको बताउँछन् ।

    एकजना नेकपा एमालेका नेताले अनौपचारिक कुराकानीमा ‘अर्ली इलेक्सन या संसद् विघटन नै अबको बाटो भएको बताए । उनका अनुसार यो संसद्प्रति ओलीको विश्वास छैन । ओलीलाई विश्वासमा लिएर चुनावी सरकार गठन गरेर निर्वाचनमा जानु नै देउवाको रणनीति हुन सक्छ । त्यसैले उनी मन्त्रिपरिषद् विस्तारदेखि सचिवालयसम्म बनाउन ध्यान दिएका छैनन् । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि सम्बन्ध सुधारमा केही स्वार्थ रहेको तर्क गर्छन् ।

    ‘उहाँहरुको सम्बन्ध नबिग्रिँदा नै सत्ता हस्तानान्तरण भएको हो । सम्बन्ध सुमधुर हुनु नराम्रो होइन । तर एकातिर गठबन्धनले सरकार दिन सकिरहेको छैन । अर्कोतिर एमसीसी तरवारजस्तो मच्चिरहेको छ । यो पास गर्नुपर्ने वाध्यता देखिएको छ । गठबन्धनले एमसीसी पास गर्न हच्किरहेको छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहना यो पास होस् भन्ने छ,’ आचार्यको तर्क छ, ‘भोलिका सम्भावनासहित संसद् चलाउन सहज होस् भनेर पनि सम्बन्ध सुधारको प्रयास गरिएको हुन सक्छ । कांग्रेस महाधिवेशनसँग पनि केही न केही स्वार्थहरु जोडिएका छन् ।’
    गठबन्धनमा जति तिक्तता बढ्छ त्यति नै देउवा र ओलीको सम्बन्ध सुधार हुने उनको तर्क छ । ‘नियुक्तिहरुमा ट्याकटुक पारेर प्रधानमन्त्री आफैँले गरिरहनुभएको छ त्यसले अर्कोतिर दिक्दारी बढाएको छ,’ उनले भने, ‘गठबन्धनमा जति तिक्तता बढ्छ त्यति नै सम्बन्ध ओलीसँग बढ्ने हो । शेरबहादुर देउवाको पनि ओलीको पनि उद्देश्य त चुनावमा जाने थियो । चुनावी सरकारका लागि देउवा र ओलीको गठबन्धन हुने सम्भावना बढ्दै गएको म चाहिँ देख्छु । यसमा कांग्रेस अधिवेशनले कति प्रभाव पार्छ भन्न सकिँदैन तर दुवैजना जान चाहेको बाटो भनेको चाहिँ चुनाव नै हो ।’

    तर कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत भने मन्त्रीलाई प्रधानमन्त्रीले अनेक काम लगाउन सक्ने बताउँछन् । प्रतिपक्षलाई विश्वासमा लिनु सत्तापक्षको कर्तव्य नै भएकाले यसलाई अन्यथा लिन नहुने उनको तर्क छ । ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग के कुरा गर्ने भन्ने विषयमा पार्टीमा छलफल भएको छैन,’ डा. महतले भने, ‘प्रधानमन्त्रीले मन्त्रीलाई अनेक काम लगाउन सक्नुहुन्छ । प्रतिपक्षलाई विश्वासमा लिनु सरकारको कर्तव्य पनि हो । त्यसका लागि कुराकानी हुन स्वाभाविक हो ।’

  • Mcc
  • subhayug
  • अध्यक्ष
  • एमसिसि
  • केपी शर्मा ओली
  • नेकपा एमाले
  • प्रधानमन्त्री
  • शेरबहादुर देउवा
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सांसदको भूमिका कमजोर पार्ने प्रयास गलत: सूर्य बहादुर थापा

  • प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता

  • ग्याँस अभावको नाटक गरेर उपभोक्ता ठगिँदै: सांसद रमा कोइराला

  • कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?


  • समाचार
  • १

    सांसदको भूमिका कमजोर पार्ने प्रयास गलत: सूर्य बहादुर थापा
    १५ मिनेट अघि

  • २

    प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
    २४ मिनेट अघि

  • ३

    ग्याँस अभावको नाटक गरेर उपभोक्ता ठगिँदै: सांसद रमा कोइराला
    ५१ मिनेट अघि

  • ४

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    १ घण्टा अघि

  • ५

    उपसमितिको प्रतिवेदनप्रति शिक्षक महासंघको चर्को असन्तुष्टि
    १ घण्टा अघि

  • ६

    प्रधानमन्त्री ओली अस्वस्थ : संसदमा हुने भनिएको प्रश्नोत्तरको कार्यक्रम स्थगित
    १ घण्टा अघि

  • ७

    कान्स फिल्म भेस्टिभलमा प्रदीप खड्का
    २ घण्टा अघि

  • ८

    सिटिजन्स बैंक र क्लब ‘१०एक्स’ बीच समझदारी
    २ घण्टा अघि

  • ९

    एसिया छनोटको उपाधिका लागि नेपाल र थाइल्याण्ड आमनेसामने
    ३ घण्टा अघि

  • १०

    आज प्रधानमन्त्रीले प्रतिनिधिसभामा जवाफ दिने
    ३ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    १ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    बाइडनलाई प्रोस्टेट क्यान्सर

    subhayug
    २

    श्रद्धाले छाड्नि एकता कपुरको चलचित्र

    subhayug
    ३

    प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

    subhayug
    ४

    गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution