तालिबानले अफगानिस्तानको हेलमन्द प्रान्तमा हजामलाई दाह्री काट्न र छोटो पार्न प्रतिबन्ध लगाइदिएको छ । उनका अनुसार यसले इस्लामी कानूनको उनीहरुको व्याख्याको उल्लंघन गर्छ । तालिबान धार्मिक प्रहरीका अनुसार यो नियम उल्लंघन गर्ने जोसुकैलाई पनि सजाय दिइनेछ ।
राजधानी काबुलका केही हजामले आफूहरुले यस्तै प्रकारको आदेश पाएको बताएका छन् । यो निर्देशनपछि तालिबानको पुराना कट्टर शासन फिर्ता हुने अनुमान गरिएको छ । यद्यपि, तालिबानले भने आफूहरु यसपटक भने नरम हुने दाबी गरिरहेका छन् । अघिल्लो महिना सत्तामा आएपछि तालिबानले आफ्नो विरोधीलाई कडा सजाय दिएको छ । शनिबार प्रकाशित रिर्पोट अनुसार तालिबानका लडाकूले अपहरणको मामिलाका चार अभियुक्तलाई गोली हानी हत्या गरेर उनीहरुको शवलाई हेरात प्रान्तको सडकमा झुण्ड्याएका थिए ।
हेलमन्द प्रान्तको सैलुन बाहिर नोटिस टाँसिएको छ जसमा तालिबानका अधिकारीले हजामलाई कपाल र दाह्री काट्नका लागि शरिया कानूनको पालना गर्न चेतावनी दिएका छन् । बीबीसीले आफूले नोटिस पढेको र त्यसमा ‘कसैलाई पनि असन्तोष व्यक्त गर्ने अधिकार नभएको’ लेखिएको जानकारी दिएको छ । काबुलमा एक हजामले भने, ‘लडाकू बारम्बार आइरहेका छन् र हामीलाई दाह्री नकाट्न आदेश दिइरहेका छन् ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar