११ असोज,नेपालगञ्ज – खर्चको विषयलाई लिएर नेपालगञ्ज उपमहानगरपालिकाको बैठकमै जनप्रतिनिधीबीच हानाहान भएको छ ।
सोमबार दिउँसो बसेको नेपालगञ्ज उपमहानगरपालिकाको बैठकमा खर्चको विषयमा बिबाद हुँदा वडाध्यक्ष र कार्यपालिका सदस्यका बीच बैठकमै हात हालाहाल भएको हो । कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको बजेट पारदर्शी रुपमा खर्च नभएको वडाध्यक्षहरुको गुनासोपछि कार्यपालिका सदस्य र वडाअध्यक्षबीच हात हालाहाल भएको बैठकमा सहभागी एक कार्यपालिका सदस्यले बताए । उनका अनुसार बैठक कक्षनै एकछिन रणमैदानमा परिणत भएको थियो । “सामान्य विषयमा विवाद हुँदाहुँदै हातहालालको स्थिती सिर्जना भयो, एकछिन् त झण्डै कुर्सी हानाहान नै हुन लाग्यो, धन्न हामी सबैले रोक्यौं, मथ्थर बनायौं ।” उनले भने ।
सो क्रममा वडा नम्बर ६ का अध्यक्ष समीरप्रताप सिंहको आँखामा चोट लागेको छ । त्यस्तै उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले पनी बोर्डको खर्चको बिषयलाई लिएर विवाद भएको जानकारी दिईन् । उपमेयर मगरका अनुसार यसअघिको बोर्ड बैठकले कार्यपालिका सदस्यले दलित, गरिब, विपन्न समुदायलाई १२ लाख रुपैयाँ खर्च गर्ने अख्तियारी दिएको रकम पारदर्शी रुपमा खर्च नभएको वडा अध्यक्षहरुले बताएका थिए । त्यसपछि सोहि विषयलाई लिएर विवाद भएको थियो।
सोमबारको बैठकमा वडा नं. ५ का अध्यक्ष कैफुलबराह जोलाहा र कार्यपालिका सदस्य देउमल सुनारबीच तानातान भएको थियो । उनीहरुलाई छुट्याउने क्रममा वडा नं. ६ का अध्यक्ष सिंहको आँखामा चोट लागेको बताइएको छ । विवाद गर्ने वडा अध्यक्ष राप्रपा निकटका र कार्यपालिका सदस्य माओवादी केन्द्रका हुन् । यद्धपी विवाद साम्य बन्दै गएपछि फेरि बैठक बसेको समेत उपप्रमुख थापाले बताइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar