१० असोज,धादिङ – संयुक्त एम्बुलेन्स चालक समाज नेपाल धादिङको अध्यक्षमा बलराम त्रिपाठी निर्वाचित भएका छन् ।
समाजको चौँथो साधारण सभा तथा तेस्रो अधिवेशनले त्रिपाठीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। संस्थाको बरिष्ठ उपाध्यक्षमा दिपक भारती र उपाध्यक्षमा जनक अर्याल निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा प्रेम अधिकारी,सचिवमा शितल थापा र कोषाध्यक्षमा हरि बहादुर श्रेष्ठ चयन भएका छन् ।
संस्थाका संस्थापक अध्यक्ष भेषराज ठकुरीको अध्यक्षमा सम्पन्न भएको अधिवेशनमा धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको प्रमुख आतिथ्य रहेको थियो।धादिङका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काको विशेष आतिथ्य रहेको कार्यक्रममा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री नेपाल रेडक्रस सोसाईटीको केन्द्रिय कोषाध्यक्ष सिताराम कोईराला लगायतको आतिथ्य रहेको थियो ।
एम्बुलेन्स चालकहरुको हकहित संरक्षणको लागि स्थापना गरीएको संस्थामा जिल्लाका ७१ वटा एम्बुलेनस चालकहरु आवद्ध रहेका छन्।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar