९ असोज,काठमाण्डौ – प्रहरीले स्रोत नखुलेको ९५ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।
नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा गए राति सो रकमसहित पक्राउ गरेको जनाएको छ । भारतको महाराष्ट्र घर भएका २६ वर्षीय सागर माली र सोही ठाउँका १९ वर्षीय कृष्ण अढाडेलाई पक्राउ गरेको बताइएको छ ।
प्रहरीले सागरको साथबाट ४५ लाख र कृष्णको साथबाट ५० लाख रुपैयाँ बरामद गरिएको काठमाडौं महानगरीय प्रहरी परिसरले जारी गरेको विज्ञाप्तिमा जनाइएको छ। प्रहरीका अनुसार चितवनबाट काठमाडौं आउदै गरेको ग १ ख ६६४५ नम्बरको माइक्रोमा सवार उनीहरुले झोलामा सो रकम लुकाइछिपाइ ल्याएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar