आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ ।
आइतबार अल अमिरात क्रिकेट मैदानमा १२१ रनको टार्गेटसहित जवाफि ब्याटिङमा आएको नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाउँदै १२२ रन बनाएको हो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक ५२ रन बनाए । ४६ बल खेलेका ज्ञानेन्द्रले २ छक्का र ४ चौका प्रहार गरे । यस्तै आशिफ शेखले ४० रन बनाए । ४४ बल खेलेका शेखले ७ चौका प्रहार गरे ।
ओमानका नेस्टर धम्बाले दुई विकेट लिए । कालीमुल्लाह एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनाउको थियो । ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए । यस्तै जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए ।
सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४/४ रन जोडे । सुरज कुमार र नेस्टर धाम्बा खाता नखोल्दै पेभेलियन फर्किए । कालिमउल्लाह ११ रनमा अविजित रहदा बिलाल खानले ९ रन बनाए । ओमानलाई सस्तैमा समेट्न करण केसी र सन्दीप लामिछानेले ४/४ विकेट लिए । शरद भेषवाकरले २ विकेट लिए ।
लिग – २ शृंखलामा नेपालले पहिलो पटक ओमानलाई पराजित गरेको हो । गत मंगलबार भएको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो । त्यसअघि शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । तर, दोस्रो खेलमा अमेरिकाले नेपाललाई ६ विकेटले हराएको थियो । लिग – २ मा नेपाल ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
ओमान १३ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar