३ असोज,काठमाण्डौ – असोज ४ गते आईतबारदेखि दसैं तिहारका लागि बजारमा नयाँ नोट आउने भएको छ ।
नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो । सर्वसाधारणले काठमाडौं उपत्यका लगायत देशभरबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट नयाँ नोट साट्न पाउने छन् ।
राष्ट्र बैंकको केन्द्रीय कार्यालय र प्रदेशस्थित कार्यालयबाट नयाँ नोट वितरण हुन्छ । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले ५, १०, २०, ५० र १०० रुपैयाँ साट्न पाउँनेछन् ।
यो वर्षको दसैं तिहारका लागि केन्द्रीय बैंकले करिब ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा ल्याउने बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar