१ असोज,धादिङ – राष्ट्रिय प्रजातन्त्र पार्टीले धादिङको सिद्धलेक गाँउपालिकामा कमिटी गठन गरेको छ ।
आज शुक्रवार, सिद्धलेकको वडा नं. ६ मा एक कार्यक्रम गरी पार्टीले तुल बहादुर थापा मगरको अध्यक्षतामा २९ सदस्यिय सिद्धलेक गाँउपालिका कमिटी घोषणा गरेको हो । कमिटीको महिला उपाध्यक्षमा ज्ञानमायाँ सिलवाल, उपाध्यक्षमा रामप्रसाद सिलवाल, बल बहादुर घले, सचिवमा बिकास थापा मगर, सहसचिवमा अनुराधा नेपाल र कोषाध्यक्षमा भवानी थपलिया रहनेगरी २९ सदस्यिय गाँउपालिका कमिटी निर्माण गरेको हो ।
त्यस्तै गाँउपालिका कमिटीले गाँउपालिका स्तरिय पार्टी कार्यालयसमेत उध्घाटन गरेको छ । पार्टीले सिद्धलेक ६ स्थित् फिस्टारमा पार्टी कार्यालय उध्घाटन गरेको अध्यक्ष तुलबहादुर मगरले बताए । कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष नवराज श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar