१ असोज,काठमाण्डौ – माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पार्टी कार्यालय प्रयोजन बापत घरधनीलाई मासिक रुपमा ३ लाख २५ हजार भुक्तानी गर्ने बताएको छ ।
आज शुक्रबार पार्टी अध्यक्ष नेपालले राजधानीको बानेश्वर – आलोकनगरमा उद्घाटन गरेको पार्टी कार्यालयले मासिक रुपमा ३ लाख २५ हजार तिर्नेगरी घरधनीसंग उक्त घर सम्झौता गरेको नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसालले बताएका हुन् । पार्टी कार्यालय रहेको घर चार तले रहेको छ । सो घरको मालिक पूजा थापा बस्नेत हुन् । घरमा १५ वटा कोठाहरु छन् ।
त्यस्तै उक्त पार्टीको अर्को घर निर्माणाधीन अवस्थामा रहेको र त्यसको निर्माण पुरा भएपछि एकीकृत समाजवादी पार्टीले नै प्रयोग गर्ने समेत जनाईएको छ ।
उक्त पार्टी निर्माण भएको महिना दिन नबित्दै करोडौंको लगानीमा नयाँ पार्टी कार्यालय भवन निर्माण गर्ने तयारी र भवन निर्माणका लागी जग्गा खरिद गरेको खुलाशा गर्नाले पार्टीको आर्थिक श्रोतलाई लिएर टिकाटिप्पणी हुन थालेको छ । यद्धपी यसबारे पार्टीका कुनै नेताहरुले पनि मुख खोलेका छैनन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar