१ असोज,काठमाण्डौ – टर्कीमा एक मजदुरले आफूले ज्याला नपाएको झोंकमा कोइलाखानीका ६ ओटा ट्रक ध्वस्त पारिदिएका छन् ।
आफ्नौ काकाले ज्याला नदिएपछि सिरनक प्रान्तका ती मजदुर तोडफोडमा उत्रिएका हुन् । एउटा भिडियोमा उनले डोजर र स्काभेटर लगाएर ती ट्रक ध्वस्त पारेको देखिन्छ। मजदुरले जथाभावी ट्रकमा डोजर लगाउँदा अन्य सहकर्मीले हस्तक्षेप गरेको त्यहाँको कोनहर्ब समाचार संस्थाले जनाएको छ । तोडफोडपछि हकन नाम गरेका ती मजदुर पक्राउ परेका छन् । उनीमाथि कानूनी कारबाही हुने समाचारमा जनाइएको छ ।
उनी लामो समयदेखि सो कोइलाखानीमा काम गर्थे । मालिकले दिएको ज्याला आफ्नै काकाले खाइदिएपछि त्यसको रिस उनले कारखानामा पोखेका थिए ।
यसअघि बेलायतका पनि यस्तै घटना भएको थियो । ज्याला नपाएको रिसमा एक घरेलु कामदारले मालिकका महंगा गाडि तोडफोड गरेका थिए । उनलाई अपराधसम्बन्धी मुद्दामा जेल चलान गरिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar