३१ भदौ,धनुषा – धनुषाको धनौजी गाउँपालिका – ३ का वडा अध्यक्ष राम दुलार मण्डलले अनियमितता गरेको भन्दै छानविनको माग गर्दै आएका वडा सदस्य रामकुमार महतोमाथी कुटपिट भउको छ ।
आज बिहिबार, गाँउबाट जनकपुर आउने क्रममा वडा सदस्य रामकुमार महतोलाई सोही वडाका कार्यालय सहयोगीसमेत रहेका राम पूजन मुखिया र वडा अध्यक्ष रामदुलार मण्डलका भतिज प्रदीप मण्डलले बाटोमै घेरा हाली कुटपिट गरेका हुन् । वडा अध्यक्ष मण्डलले वडामा आर्थिक अनियमितता गरेको भन्दै वडा सदस्य रामकुमार महतो लगायतको समुहले वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।
वडा सदस्य महतो नेकपा एकीकृत समाजवादीको क्षेत्रीय भेलामा सहभागी हुन जनकपुरधाम आउने क्रममा बाटोमा कुटपिट भएको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए ।
उनले वडाध्यक्ष मण्डलको निर्देशनमा योजनाबद्ध ढंगले वडा सदस्य महतोमाथि कुटपिट भएको बताए । केन्द्रीय सदस्य श्रीप्रसाद साहले कुटपिटमा संलग्नलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।
वडा सदस्य महतोलगायतले धनौजीको वडा नम्बर ३ मा विभिन्न शीर्षकमा विनियोजित बजेट लक्षित वर्गमा वितरण नगरिएको, विकास निर्माणका काममा बजेट खर्च गरे पनि व्यवहारिक रूपमा काम नभएको लगायतका आरोप लगाउँदै वडाध्यक्ष मण्डलविरुद्ध आन्दोलन गर्दै आएका छन् । उनीहरूले वडा कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar