३१ भदौ,काठमाण्डौ – प्रहरीले बैङ्किङ कसुर मुद्दामा पिपुल्स भोलेन्टियर काठमाण्डौ जिल्ला अध्यक्ष अर्जुन बुढाथोकीलाई पक्राउ गरेको छ ।
रुकुमको सिस्ने गाउँपालिका – ५ घर भएका अर्जुन बुढाथोकीलाई बैङ्किङ कसुर मुद्दामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले बताए । पक्राउ परेका बुढाथोकीले दिएको ८० लाखको चेक बाउन्स भएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए । उनलाई काठमाडौँको धापासीबाट पक्राउ गरिएको हो ।
खातामा पर्याप्त पैसा नभएको चेक दिएकोबारे अदालतबाट म्याद लिएर काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको छ । बुढाथोकीको दरबारमार्गको रोयल क्यासिनोमा फ्लस टेबलमा लगानी गरेको बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar