३० भदौ,धादिङ – नेपाल कम्युनिष्ठ पार्टी (एकिकृत समाजवादी)का नेता राजेन्द्र प्रसाद पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीले धाराशायी बनाएको कम्युनिष्ठ आन्दोलनलाई जोगाउन नेकपा एमाले पार्टीलाई पुर्नगठन गर्नुपरेको बताएका छन् ।
बुधबार, धादिङको मलेखुमा आयोजित् नेकपा एकिकृत समाजवादीको वडा स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले केपी ओलीले धाराशायी बनाएको कम्युनिष्ट आन्दोलन जोगाउन एमाले पुर्नगठन गर्नुपरेको बताएका हुन् । नेता पाण्डेले केपी ओली एमालकोे अध्यक्ष भएदेखी नेपालको कम्युनिष्ट ईतिहाँसलाई समाप्त पार्ने दिषातर्फ लागेको समेत बताए । ‘विगतमा कयौंपटक कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन विभिन्न शड्यन्त्र बुन्दै आएका केपी ओलीले पछिल्लो समय आम सर्वसाधारण जनताले समेत प्रष्ट बुझ्नेगरी नेपालको कम्युनिष्ट आन्दोलन सिध्याउन लागे’ पाण्डेले भने ।
त्यस्तै नेता पाण्डेले केपी ओलीकै कारण अव नेकपा एमाले कम्युनिष्ट पार्टी नै नरहेको समेत बताए । उनले भने ‘अव एमाले कम्युनिष्ट पार्टी होईन, त्यहाँ भएका सच्चा कम्युनिष्टहरु फिल्टर भैसके । गरिव, मजदुर सिमान्तकृत जनताले विश्वास गरेको पार्टीले अव सवै बिश्वास गुमाईसक्यो । जनताले रुचाएको त्यस्तो पार्टीलाई आज छिन्न भिन्न अवस्थामा पुर्र्याउने केपी ओली नै हुन् ।’ उनले भने ।
बुधबार, नेकपा एकिकृत समाजवादी पार्टी गजुरी गाँउपालिका वडा नं. २ ले वडा स्तरिय अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको थियो । भेलामा पार्टीको केन्द्रीय नेता पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar