३० भदौ,खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले रुखमा टाँड बनाएर अनलाइन कक्षामा सहभागी भएका छात्रलाई शैक्षिक सामग्री सहयोय गरेकी छन् ।
गत केहिदिनअघी शुभयुग डट कम लगायत अन्य मिडियामा कोरोनाको महामारीका बीचमा रुखमा टाँड बनाएर अनलाइन कक्षामा सहभागिता जनाएका हलेसी तुवाचुङ नगरपालिका–१० अखौर्लेको सरस्वती माविमा कक्षा १० मा अध्ययनरत छात्र धनकुमार मगरबारे समाचार प्रकाशन प्रशारण भएपस्चात् उपमेयर राईले शैक्षिक सामाग्री सहयोग गरेकी हुन् ।
उपमेयर राईले व्यक्तिगत खर्चमा शैक्षिक सामग्री खरिद गरेर विद्यालयमै पुगेर छात्र मगरलाई मोबाइल चार्ज गर्न एक थान ब्याकअप, एक थान झोला, एक थान ठूलो डिक्सनरी, ५ थान कापी र १ थान डायरी सहयोग प्रदान गरेकी छिन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar