२९ भदौ,काठमाडौं – बीओके क्यापिटलले छैटौँ वार्षिक साधारणसभा (एजीएम) २० असोजमा बाेलाएकाे छ ।
कम्पनीले चुक्ता पुँजीको १८ प्रतिशत नगद लाभांश दिने (करसहित) प्रस्ताव पेस गर्न कम्पनीको कार्यालय नक्साल, काठमाडौंमा दिउँसो ३ बजेका लागि साधारणसभा आह्वान गरेको हो । आर्थिक वर्ष ०७८-७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
त्यस्तै, सभामा आर्थिक वर्ष ०७७-७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा – नोक्सानलगायतका विषयमा छलफल हुनेछ । सभामा कम्पनीले नगद लाभांश प्रयोजनका लागि तीन करोड ७८ लाख रुपैयाँ छुट्याएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar