• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ १९, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश

१७ घण्टा अघि
२

विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त

१८ घण्टा अघि
३

‘साओमी–१४ टी’ को मूल्य घट्यो

१८ घण्टा अघि
४

इटालीमा ‘आँखा’लाई २ अवार्ड

१८ घण्टा अघि
५

एसियन कप छनोट महिला फुटबल : आज नेपाल र श्रीलंका भिड्दै

१९ घण्टा अघि
६

जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

१९ घण्टा अघि
७

यु–१६ क्रिकेट : भुटानलाई २९८ रनले सहजै हराउँदै नेपाल विजयी

१ दिन अघि
८

कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

१ दिन अघि
९

कुलिङ पिरियड हेरफेरबारे ममाथि छानविन होस् : रामहरि खतिवडा

१ दिन अघि
१०

तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

१ दिन अघि
११

फिफा क्लब विश्वकप : पिएसजीसँग मियामीको फराकिलो हार

१ दिन अघि
१२

‘यानीमाया’बाट अञ्जनाको डेब्यु

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ३ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ३ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    १ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ३ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ३ हफ्ता अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ हफ्ता अघि
  • rajendra ७

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ दिन अघि
  • skt mak ८

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    ६ दिन अघि
  • prakash jwala ९

    सरकारले नै सिन्डिकेटलाई संरक्षण गरेको प्रकाश ज्वालाको आरोप

    ४ हफ्ता अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 १०

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    ३ हफ्ता अघि
  • prev
    next

    एनआरएनए महासचिवमा टिम कुलबाट डा. केशव पौडेलको उम्मेदवारी

    Reporterप्रकाशित मिति: २०७८ भाद्र २७, आईतबार (३ साल अघि)
  • ६८५ पाठक संख्या
  • Keshab Poude -NRN

    काठमाडौं – नेपालबाहिर बस्ने नेपालीको सबैभन्दा ठूलो र महत्वपूर्ण सँस्था गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन । आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले आ–आफ्नो उम्मेदवारी घोषणा गरी चुनाव प्रचारप्रसार गरिरहेका छन । यसै सन्दर्भमा एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष डा. केशव पौडेलले आशन्न महाधिवेशनमा एनआरएनएको महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन ।

    एनआरएनएको महासचिव महत्वपूर्ण जिम्मेवारीको पद हो । एनआरएनमा सबैभन्दा बढी सदस्य रहेको च्याप्टर अमेरिका नै हो । सबैमाझ लोकप्रिय र नम्र स्वभावका डा. पौडेल संस्थागत विकासका लागि यस पटक आफूले महासचिव पदमा उम्मेदवारी दिएको बताए । उनले संस्थाको पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न यस पटकको महाधिवेशनमा महासचिव पदमा आफूले उम्मेदवारी दिएको बताए । तनहुँ जिल्ला व्यास नगरपालिका–९ स्थायी घर भएका उनी विगत १७ वर्षदेखि अमेरिकामा चिकित्सा क्षेत्रमा संलग्न भएका समाजसेवी र एनआरएनए अभियन्ता हुन् । एनआरएनए अभियानमा शुरुदेखि संलग्न पौडेल सन २०१३–२०१५ मा एनआरएनए अमेरिकाको सल्लाहकार, २०१५–२०१७ र २०१७–२०१९ सम्म निरन्तर दुई कार्यकाल एनआरएनए अमेरिकाको सफल अध्यक्ष र सन २०१९–२०२१ सम्म एनआरएनए अमेरिकाको प्रमुख संरक्षकको भूमिका निर्वाह गरेका अभियन्ता हुन ।
    डा.पौडेलले यस पटक एनआरएनएमा संस्थागत सुशासन र पारदर्शीतालाई मुख्य प्राथमिकतामा राखेर मतदातासामु प्रस्तुत भएका छन ।

    अमेरिकामा सक्रिय चिकित्सक पेसामा संलग्न डा. पौडेलको नेपालमा ग्रिनसिटी अस्पताल लगाएत विविध क्षेत्रमा लगानी गरेका सफल ब्यावसायी पनि हुन । डा. पौडेल चिकित्सा क्षेत्रअन्तर्गत विशेषगरी इन्टरनल मेडिसिन विज्ञका रूपमा विश्वमा परिचित छन । डा. पौडेलले वर्तमान अवस्थामा कोभिड–१९ को उपचार र रोकथामका लागि एनआरएनए अमेरिकाको सहजीकरणमा करोडौ मूल्य बराबरको आवश्यक स्वास्थ्य सामग्री नेपाल सरकारलाई उपलब्ध गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । डा. पौडेलको अमेरिकामा चिकित्सा क्षेत्रसँगै होटल व्यवसायमा समेत लगानी गरेका छन ।


    एनआरएनएको अभियानमा २०१५ पछि संघबाट धेरै काम गर्न सकिन्थ्यो तर, खासै रुपमा उपलब्धिका काम गर्न नसकेको डा.पौडेलले आरोप लगाएका छन । ‘हाल सँस्थामा केहि भएका काम नियमित भनौं या दैनिक रुपमा गर्ने काम मात्र भएका छन । केहि पुराना कुरा निरन्तर दिने र केहि प्रोजेक्ट सम्पन्न गर्ने काम भएको छ । त्यो पाटो राम्रो हो तर गर्नुपर्ने धेरै काम बाँकी छन । हाल एनआरएनहरुको मुख्य एजेण्डाहरु नै छायाँमा परेका छन । कतिपय त बिषयको उठान नै नभएको अवस्था छ’, उनले बताए ।
    गैरआवासीय नेपाली संघमा रुपान्तरण आवश्यक मात्र होइन अति नै आवश्यक भएको डा.पौडेलको भनाई रहेको छ । डा.पौडेलको योजनामा संघको संरचना परिबर्तन , नेपाल सरकारले भनेको जस्तो विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशी नेपालीको प्रष्ट कुरा , हरेक क्षेत्रका प्रमुख मुद्धाहरुलाई उठाउने मात्र होइन टुंगो नै लगाउने,विश्व भरिका एनसीसीहरुको लागि स्वायत्त तर सँगै हिड्ने संरचना बनाउने, वर्तमान र विगतका नेतृत्वले गरेका, गर्न

    बाँकी रहेका राम्रा काम र संघको भन्दा व्यक्तिका हितका लागि दर्ज गरेका केहि अबैधानिक, बिधान मिचेका र अन्य सबै कुरा पुनर्विचार र पुनःब्यबस्था गर्ने रहेको छ ।
    ‘गैरआवासीय नेपाली नागरिकताको बिषय नेपालको संबिधान प्रदत्त अधिकार भैसक्यो । केवल नागरिकता दिने बिधि, अधिकार के कति, कसरी भन्ने ऐन बन्न बाँकी रहेको हो । त्यससंबन्धि संबन्धित देशका एनसीसीहरु र हामीले जितेमा आइसीसी नेतृत्व सबैले एकैसाथमा गएर, नेपाल सरकारका सम्बद्ध निकाय र संसद सबैमा पुगेर टुंगो लगाउनुपर्छ’, डा. पौडेलको भनाई रहेको छ । मध्यपूर्व, मलेसिया, कोरियालगायत देशको श्रम मात्र होइन हरेक क्षेत्रको सबै मुद्धा उठाउने यथोचित रुपमा टुंगोमा पुर्याउनुपन, धेरै समय मध्यपुर्व र मलेसियाका श्रमिकको कुरा धेरै उठाइएको तर समाधानतर्फ अगाडि बढन नसकेको अबस्थामा आफुले योजना नै बनाएर अगाडि बढेको डा पौडेलको भनाई छ ।


    गैरआवासीय नेपाली नागरिकता र अन्य हक–अधिकारको बिषय नेपालको संबिधानमा लेखिएर आएको यतिका बर्षभयो तर पनि त्यसको ऐन बनाउन पहल पुगेको छैन। मध्यपूर्वमा श्रमिकका बिषय हरेक पटक उठाइन्छ तर पहल कम हुन्छ। अष्ट्रेलिया र सो क्षेत्रमा बिधार्थीहरुको कुरा सुनिएकै नै छैन। यूरोपमा नेपालीहरुको आप्रवासी समस्या धेरै आएका छन् त्यसलाई उठाएको नै छैन। अफ्रिकामा नयाँ लगानी मात्र होइन थुप्रै देशमा रहेका पातलो नेपाली समुदायको सक्रियता अत्यन्तै धेरै छ तर संयोजन गर्ने ध्यान पुगेको छैन। एशियाका धेरै देशमा नेपाली उत्पादनको ब्यापार र नेपालसँग जोडिएको धार्मिक–सांस्कृतिक बिषय कहिल्यै पनि उठेको नै छैन ।

    संघमा संचार र अन्य थुप्रै बिषयमा पारदर्शि छैन । नेतृत्व बिकास, एनसीसीहरुको विवादलाइ न्यूनिकरण, सहजीकरण जस्ता भन्दा रोक्ने, विभेद गर्ने जस्ता काम धेरै भएका छन । यस्ता धेरै विषय छन् त्यसलाई एउटा सफल प्रशाशक भएर मात्र पुरा गर्न सकिन्छ । संघमा धेरै सँस्थागत बिकासका दर्जनौ काम बाँकी छन ती काम पुरा गर्नकै लागी आफुले महासचिबमा उम्मेदवारी दिएको डा पौडेलले बताए । यो पटक आफू विश्व भरिका अन्य पदका आकांक्षीहरुसँग सम्पर्कमा रहेको, एनसीसीका नेतृत्व र आकांक्षीहरुसँग संयोजन गरेर अगाडी आएको छु । अब संघका एकदम सफल र सक्रिय व्यक्तिहरुको आगमनले हाम्रो संघलाइ उद्देश्यप्रति केन्दित गराउने हो, डा पौडेलले भने ।
    आफू यो पटक तयारीका साथ महासचिव पदमा उम्मेदवार भएको बताउँछन पौडेल । ‘मेरा कामका बिषय निर्दिष्ट छन । मेरो बानी बिचलित हुने खालको छैन, म अडानमा नडग्ने मान्छे हु । यसमा मेरो कुनै अन्य स्वार्थ छैन र हँुदैन । केवल एनआरएनहरुको बिषयलाइ उठाएर समाधान गर्नेतर्फ लागि पर्ने हो । संघको प्रमुख मुद्धालाइ टुंगोमा पुर्याउने नै मेरो उद्देश्य हो । त्यसलाई पुरा गर्न महासचिव मात्र होइन भविष्यमा अध्यक्षकै लागि पनि तयार भएर आएको छु,’ डा पौडेलको दावी छ ।


    ‘सम्पूर्ण एनआरएनए एनसीसीहरुलाई एउटा सजिलो, स्वतन्त्र तर उस्तै खालको ब्राण्डको प्रडक्ट जस्तै स्ट्याण्डर्ड बनाउनुपर्छ । हरेक देशका कानुनलाइ सम्मान गर्दै त्यो अनुसार प्राक्टिस गर्नुपर्छ । संघका पूर्व अध्यक्ष शेष घलेको भिजन २०२० एण्ड बियोण्ड २०१७ को महाधिवेशनबाट नै पारित भएको हो । त्यसका केहि टुक्रा मात्र लिएर केहि व्यक्तिहरुको फाइदाको लागि मात्र प्रयोग भएको छ । तर त्यो सिंगो स्वरुप भने लुकाईएको छ । यदि संघलाइ साँच्चै अगाडी लैजाने हो भने त्यो बिषय फेरी पनि छलफलमा ल्याउनु जरुरी भएको छ । त्यो अनुरुपको नीति–बिधि तयार पारेर सोहि अनुरुपको संघको शशक्त प्रशासन बनाएर चलाउनुपर्छ । म आफूमा त्यसप्रति पूर्ण विश्वाश छ,’ डा पौडेलले भने ।

    पौडेलका अनुसार परिस्थतिका आधारमा विश्वका सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई फरक–फरक खण्डमा राखेर त्यसैका आधारमा संघका सदस्यहरुको सुविधाको ब्यबस्था गर्नुपर्छ । अमेरिका, क्यानाडा, बेलायत, न्यूजिल्याण्ड र अष्ट्रेलिया जस्ता एउटै खाले प्रकृति भएका देश र केहि ठुला सदस्य संख्या भएका देशहरुमा फरक रुपमा नीति तय गरिनुपर्छ । ‘नेपाली मुलका बिदेशी नागरिक, स्थायी वासिन्दाहरुको लागि फरक रुपमा सक्रियता बढाउने काम गर्नुपर्छ। तर यसको सट्टा हाल उनीहरुलाइ दबाइएको छ । कुनै स्थान नै दिने काम भएको छैन । उनीहरु नै सहि अर्थमा छुटाउन नहुने अभिन्न भाग हुन् तर त्यसलाई हाल संघको नाम गैरआवासीय नेपालीसँग नै बाझिने गरेर छुटाईएको छ’, उनी भन्छन ।

    नेपालमा गैरआवासीय नेपाली संघको अधिवेशन गर्दा केहि हजार छनोट गरिएका प्रतिनिधिहरु लगेर होइन ५० औं हजार नेपाली लगेर भब्य कार्यक्रम गर्दा नेपालको शान र आर्थिक पाटोमा नै फरक रुपले योगदान दिन सकिने डा पौडेललले बताए । ‘यसतर्फ हाम्रो ध्यान पुगेको नै छैन त्यो मैले गर्नेछु । यति मात्र होइन नेपालमा लगानी संबन्धि नै धेरै काम गर्न बाँकी छ त्यो म महासचिब भएमा गर्नेछु । गैरआवासीय नेपालीहरुको यस्ता अरु धेरै मुख्य मुद्धाहरु समेत उजागर गर्नुपर्छ । यस्ता दर्जनौ बिषय लिएर आफूले महासचिवमा उम्मेदवारी दिएको हुँ’, डा.पौडेलले बताए । सम्पुर्ण गैरआवासीयय नेपालीलाई आफ्नो अभियानमा साथ दिई आफुलाई विजयी गराउन पौडेलले अनुरोध गरेका छन् । आगामी अक्टोबर २३ देखि २५ सम्म हुने एनआरएनए अन्तर्राष्ट्रिय परिषद् आइसिसीको सम्मेलनका दौरानमा भर्चुअलमार्फत हुने निर्वाचनमा विभिन्न पदका आकांक्षीले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । निर्वाचन कार्यक्रममा ६५ मुलुकका तीन हजार ६०० प्रतिनिधि भर्चुअलमार्फत सहभागी हुनेछन् ।

    Share this:

  • subhayug
  • प्रतिक्रिया दिनुहोस
    प्रवास सम्बन्धि थप
  • इटालीमा ‘आँखा’लाई २ अवार्ड

  • एसियन कप छनोट महिला फुटबल : आज नेपाल र श्रीलंका भिड्दै

  • यु–१६ क्रिकेट : भुटानलाई २९८ रनले सहजै हराउँदै नेपाल विजयी

  • कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग


  • समाचार
  • १

    संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश
    १७ घण्टा अघि

  • २

    विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त
    १८ घण्टा अघि

  • ३

    ‘साओमी–१४ टी’ को मूल्य घट्यो
    १८ घण्टा अघि

  • ४

    इटालीमा ‘आँखा’लाई २ अवार्ड
    १८ घण्टा अघि

  • ५

    एसियन कप छनोट महिला फुटबल : आज नेपाल र श्रीलंका भिड्दै
    १९ घण्टा अघि

  • ६

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी
    १९ घण्टा अघि

  • ७

    यु–१६ क्रिकेट : भुटानलाई २९८ रनले सहजै हराउँदै नेपाल विजयी
    १ दिन अघि

  • ८

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग
    १ दिन अघि

  • ९

    कुलिङ पिरियड हेरफेरबारे ममाथि छानविन होस् : रामहरि खतिवडा
    १ दिन अघि

  • १०

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    २

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    ३

    फिफा क्लब विश्वकप : पिएसजीसँग मियामीको फराकिलो हार

    subhayug
    ४

    विश्व बैंककाे दक्षिण एसिया उपाध्यक्षमा जुट नियुक्त

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution