२६ भदौ,काठमाण्डौ – नेकपा एमालेले विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिहरुको टुंगो लगाएको छ ।
शनिबार च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले करिब तीन हजार प्रतिनिधिको सैद्धान्तिक टुंगो लगाएको हो । एमालेले असोज ४ देखि ६ गतेका लागि तय गरिएको विधान महाधिवेशन असोज १५ देखि १७ गतेलाई सारेको छ ।
यस्तो छ विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिको विवरण:
– केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य
– अनुशासन आयोगका पदाधिकारी र सदस्य
– लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य
– निर्वाचन आयोगका पदाधिकारी र सदस्य
– केन्द्रीय विभागका सचिवलगायत १५ जना
– सल्लाहकार परिषद्का पदाधिकारी र सदस्य
– ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी र सदस्य
– प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य
– जिल्ला कमिटी र सोसरह मान्यता पाएका कमिटीका पदाधिकारी र सदस्य
– हरेक निर्वाचन क्षेत्रबाट दलित, महिला र खुलातर्फ एक–एक सदस्य
– प्रत्येक जनवर्गीय संगठनका पदाधिकारीमध्येबाट १० जना
– पार्टी सदस्य रहेका संघीय संसदका सदस्य
– पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य
– एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख
– एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीत
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar