२६ भदौ काठमाण्डौ – शुक्रबार प्रतिनिधि सभा बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाको टाउको फुटाउने लक्ष्य राखेको नेकपा एमाले सांसदको टोकाईबाट संसदमा कार्यरत् मर्यादापालक घाईते भएका छन् ।
शुक्रबारको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिष्थापन विधयक मार्फत बजेट ल्याउने क्रममा अर्थमन्त्री शर्मालाई रोक्ने कोशिस गरेपछि सम्भाबित स्थितीलाई मध्यनजर गरी छेक्नेक्रममा एमाले सांसदहरुले केही मर्यादा पालकहरुमाथी हातपात गरी हातमा टोकेकोसमेत खुलाशा भएको हो ।
अर्थमन्त्री शर्मालाई एमाले सांसदहरुले रोक्ने कोशिस गरेपछि उनी दौडिएरै रोष्टममा पुगेका थिए । शर्मालाई रोक्न बिफल भएपछी एमाले सांसदहरुले भने ६ तहको मर्यादा पालकमाथि कुटपिट गर्दै बुई चढ्नेदेखि माइक भाँच्ने सम्म गर्न पुगेका थिए । सोहि क्रममा सांसदहरुले केही मर्यादा पालकको हातमा टोकेको समेत पाइएको छ ।
एमाले सांसदको टोकाईबाट एक जना मर्यादा पालक गम्भिर घाइते भएको प्रहरी विशेष सुरक्षा स्रोतले जानकारी दिएको छ । ‘नाराबाजी भइरहेका बेला एक जना माननिय ज्युले धम्की दिँदै, हाम्रा एक मर्यादापालकको हातमा बेस्सरी टोक्नुभयो, उहाँको टोकाइबाट एकजना साथी गम्भिर घाइते हुनु भएको छ । उहाँलाई सामान्य औषधी लगाइको छ,’ एक उच्च पदस्थ कर्मचारीले बताए । उता उनको भनाई पुष्टि गर्ने तस्विर आजको कान्तिपुर दैनिकले प्रकाशन गरेको छ । कान्तिपुर दैनिकका पत्रकार अंगद ढकालले खिचेको तस्विरमा एमाले सांसदहरुले मर्यादा पालकलाई टोकेको स्पष्ट देखिएको छ ।
संसद भवनबाट बाहिर निस्किने क्रममा पनि एमालेकी सांसद रेखा कुमारी झाले गृहमन्त्रीको माइक झिकेर अर्थमन्त्री र सभामुखको टाउको फुटाउने योजना रहेको बताएकी थिईन् । यद्धपी संसद सचिवालयले भने उक्त बिषयप्रति कुनै प्रतिक्रिया दिएको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar