२६ भदौ,खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा मोवाईल ईन्टरनेट नचलेपछी विद्यार्थीहरुमा अनलाईन अध्ययनमा समस्या आएको छ ।
नगरपालिका क्षेत्रमै ईन्टरनेटको व्यवस्था नहुनु र मोवाईलमा ईन्टरनेट नचलेपछी महिनौं दिनदेखी बिद्यार्थीहरुले अनलाईन अध्ययन गर्नैका लागी महिनौं दिनदेखी जोखिम मोलेरै भएपनी रुखको टुप्पामा बास बस्दै आएका छन् । हलेसी तुवाचुङ नगरपालिका १० अर्खौले नजिकैको नवलपुर सिम्ले क्षेत्रमा मोबाइल नेटवर्कमै समस्या आउने समस्या रहेकाले बिद्यार्थीहरुले जोखिम मोलेरै रुखको टुप्पामा चढ्नुपरेको अविभावकहरुले बताउने गरेका छन् । “धेरै लामो समयदेखी हामीले ईन्टरनेट त परकै कुरा मोवाईलमा बोल्न समेत पाउँदैनौँ, फोनमा कुरा गर्नुपरे माथी डाँडामा चढ्नुपर्छ कि त वडा कार्यालय अर्खौले पुग्नुपर्छ, नत्र उपाएनै छैन” एक अविभावकले बताए । उनका अनुसार उनिहरुले गाँउमा मोवाईल नेटवर्क टिप्नेगरी टावर राख्ने व्यबस्था मिलाईदिन १० नं. वडा कार्यालय र नगरपालिकामा कयौंपटक भनेपनी मेयर र वडाध्यक्षले समेत चासो नदिएको गुनाशो गरेका छन् ।
उता मोवाईलमा गफ गर्नैका लागी डाँडा चढ्नुपर्ने बाध्यता रहेकै बेला कोभिड १९ जोखिमका कारण सरकारले अनलाईनबाट अध्ययन गर्ने व्यबस्था ल्याएपछी उनिहरुमा थप समस्या उत्पन्न भएको छ । बर्खायामका बेला विद्यालयले जुम मिटिङ मार्फत पढाउने गरेको र आफ्नो गाँउमा ईन्टरनेट नै नचल्ने भएपछी पढ्नैका लागी माथी डाँडासम्म जानसमेत अप्ठेरो हुनेगरेको सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययरत छात्र मगरले बताए । “घरमै बसेर पढ्न पाए पो पढेजस्तो हुन्थ्यो, पानी परिरहेको हुन्छ, दौडिएर डाँडासम्म पुग्यो कहिले डाँडासम्म पुग्दा अनलाईन कक्षा नै सक्किसकेको हुन्छ, कहिले नेट कनेक्ट गर्दागर्दै आधी कक्षा सकिन्छ , घरमा नेट नै चल्दैन तनाव छ ।” उनले भने । विद्यार्थी धनकुमार मगरका अनुसार उनको घरमा मोवाईल डाटाबाट इन्टनरनेट चल्दैन । डाटा बल्लतल्ल कनेक्ट हुन्छ । कनेक्ट भइहाले जुम मिटिङमा ज्वइन हुन सम्भव नै छैन।
धनकुमारले केहि दिन पानीमा भिज्दै अनलाईनबाट पढ्न अप्ठेरो महबुस गरेपछी पछिल्लो समय अर्को जुक्ती निकालेका छन् । उनले भने “एकदिन घर नजिकै रहेको अग्लो रुखमा चढे र टुप्पासम्म पुगेर मोवाईल डाटा चेक गरे, साँच्चै रुखको टुप्पामा पुगेपछी मोवाईलमा टुङ टुङ मेसेजको घण्टी बज्यो एस्सो मोवाईलमा हेरेको २ धर्को टावर पनि देखायो, उक्त दिन एक हातले मोवाईल समात्दै अर्को हातले रुखमा झुण्डिएरै अनलाइन कक्षामा सामेल भएँ ।” उनका अनुसार रुखको माथी टुप्पमा मोवाईलमा डाटा कनेक्ट भएपछी अनलाईनबाट पढ्न अहिले उनले रुखमा टाँड हालेका छन् । त्यस्तै उनले महिना दिनदेखि अनलाइन कक्षामा सहभागीता जसमेत नाइरहेका छन् । उनले अर्खौलेको पुछारमा रहेको सिम्लेमा डाटा कनेक्सन हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुँदैआएको बताए । अनलाइन कक्षा सञ्चालनका बेला उनी रुखमा रहेको टाँडमा बस्छन् ।
विद्यालयले २४ साउनदेखि अनलाइन कक्षामार्फत पढाइ सुरु गरेको छ । तर, नवलपुर सिम्लेमा मोबाइलबाट खासै इन्टनरनेट चल्दैन । डाटा बल्लतल्ल कनेक्ट हुन्छ । कनेक्ट भइहाले जुम मिटिङमा ज्वइन हुन सम्भव थिएन । त्यही कारण उनी ८/९ दिनसम्म अनलाइन कक्षामा सहभागी नै हुन नसकेको बताँउछन् । पढाइ छुट्न थालेपछि आफुले यस्तो जुक्ति निकालेको उनी बताँउछन् । मगरले भने, “रुखमै चढेर दुई तिन दिन अनलाइन क्लासमा सहभागी बनेँ । दिनभर रुखमा झुण्डिएर क्लासमा सहभागी हुन कठिन भएपछि अलिे रुखमै बस्ने टाँड बनाएको छु ।”
बिद्यार्थीले पढ्नका लागि डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमै टाँड बनाएर पढाइप्रति देखाएको लगावले हर्षित बनाएको सरस्वती माविका निमित्त प्रधानाध्यापक नविन चाम्लिङले बताए । सरस्वती माबिमा कक्षा ६ देखि कक्षा १० सम्मको पठन – पाठन अनलाइन माध्यमबाट सञ्चालन भइरहेको छ ।
उता नगरपालिकाको अधिकांश क्षेत्रमा ईन्टरनेट नचल्ने समस्या आएको गुनाशोपछी आगामी असोज ३ गतेबाट भने भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्ने निर्णय गरेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर ईवन राईले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar