२५ भदौ,काठमाण्डौ – सभामुख अग्निप्रसाद सापकोटाले एमालेको विरोधका बीच सदनको प्रक्रिया अघि बढाएका छन् ।
एमालेको अवरोधकै बीच सभामुख सापकोटाले नेमकिपा सांसदलाई आर्थिक अध्यादेश २०७८ अस्वीकार गर्ने प्रस्ताव अस्वीकार गर्न समय दिएका हुन् । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको अवरोधकाबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् ।
शुक्रबार बसेको पहिलो बैठक एमाले सांसदको अवरोधपछि १५ मिनेट स्थगित गरिएको थियो । दोस्रो पटक बसेको बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गरिरहँदा सभामुख सापकोटाले सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश २०६८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्न समय दिए ।
एमालेका सांसदको नाराबाजी भइरहेकाले आफूले सूचना प्रस्तुत नगर्ने सांसद सुवालले बताए । एमाले सांसदको नाराबाजी भइरहँदा गृहमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८ पेस गरेका छन् । सो अध्यादेश बहुमतले स्वीकृत भएको सभामुख सापकोटाले घोषणा गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar