सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । गत वर्ष सानिमाले १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, बैठकले लाभांश पारित गर्न आगामी ७ कात्तिकमा कम्पनीको १०औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।
हाइड्रोपावरले घोषणा गरेको उक्त लाभांश साधारणसभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्तालाई वितरण गरिनेछ । लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि कम्पनीले १८ असोजमा एकदिनका लागि बुकक्लोज गर्ने जनाएको छ । १७ असोजम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar