२५ भदौ,काठमाण्डौ – प्रधानमन्त्री शेर बहादुर देउवाले सत्तारूढ गठबन्धनको बैठक बोलाएका छन् ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारको टोलीको नेपाल भ्रमण र नेताहरुसंग भेटबार्ता चलिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र संसद् सञ्चालनका विषयमा छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक बोलाएका हुन् ।
अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । बैठकमा कांग्रेसबाट सभापति एवम् प्रधानमन्त्री देउवा, महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन् ।
बैठकमा सरकारका मन्त्रीहरूसमेत सहभागी छन् । गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar