२५ भदौ,धादिङ – नेपाली काँग्रेस बेनिघाट रोराङ गाउँपालिकाले १०८ औँ बिपी जयन्ती मनाएको छ ।
बिहिबार बेनिघाट रोराङ गाउँपालिका स्थित बेनिघाट बजारमा कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसर पारी विपी जयन्ती मनाएको हो । कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देवि प्रसाद सिलवाल, बेनिघाट रोराङ गाउँपालिकाका पार्टी सभापति ऋषि नाथ त्रिपाठि , धादिङ क्षेत्र न १का सह सचीव प्रेमनाथ कडेल , युवा नेता सुदिप गौली गोकुल पन्तले विपि कोइरालाले नेपाली राजनितीमा गर्नुभएको योगदान र अबको पुस्ताले उहाँ बाट सिक्नुपर्ने महत्त्वपूर्ण कुराबारे जानकारी गराएका थिए ।
विपि कोइरालाले साथीहरुसँग मिलेर विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए भने पछि विसं २००६ मा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक कांग्रेससँग एकीकरण गरी कोइराला सभापति बनेका थिए । उनी विसं २००७ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरको मन्त्रिपरिषदमा गृहमन्त्री समेत बनेका थिए ।
विसं २०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाई कोईराला पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुभएको थियो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar