२४ भदौ,काठमाण्डौ – नेपालकाे महिला राष्ट्रिय फुटबल टिमले बंगलादेशलाई पहिलाे मैत्रीपूर्ण खेलमा २ – १ पराजित गरेकाे छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीवार भएको खेलमा नेपालले बंगलादेशी महिला टोलीलाई २ – १ ले पराजित गरेको हो । खेलको १३औं मिनेटमा सविताले गोल गर्दै नेपाललाई शुरूआती अग्रता दिलाइन् । बिमला चौधरीको क्रसलाई सविताले बंगलादेशकी गोलरक्षक रुप्ना चक्मा र डिफेन्डरलाई बिट गर्दै हेडरमार्फत बललाई जाली चुमाएकी थिइन् । २३औं मिनेटमा अर्का डेब्यु मिडफिल्डर प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।
८३औं मिनेटमा थोउरा खातुनले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याइन् । उनले ८२औं मिनेटमा मोसामत सोप्नाको स्थानमा प्रवेश गरेकी थिइन् ।दोस्रो हाफमा नेपालले रक्षात्मक रणनीति अपनाउँदा केही दबाब झेलेको थियो । बंगलादेशले पहिलो हाफमा तुलनामा नेपाललाई दबाब दिएको थियो ।
दोस्रो मैत्रीपूर्ण खेल दोस्रो खेल आइतवार साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । उज्वेकिस्तानमा आयोजना हुने एएफसी कप २०२२ छनोट अघि नेपाल र बंगलादेशले २ मैत्रीपूर्ण खेल खेलेको हो । नेपाली महिला टोलीले सन् २०२२ मा भारतमा हुने एसियन कपको छनोटका लागि उज्वेकिस्तानमा २ खेल खेल्नेछ । उज्वेकिस्तानमा हुने छनोटमा नेपालले १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङको सामना गर्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar