साताको अन्तिम दिन बिहीबार पनि पुँजी बजारमा गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेन्ज-नेप्से ०.६० अंकले घटेको हो । यो साता एक दिन मात्र नेप्से बढ्यो भने बाँकी चार दिन घटेको हो । नेप्से २ हजार ८ सय ७५.९७ विन्दुमा झरेको छ । जलविधुत्, जिवन विमा, लगानी र ब्यापारबाहेक अन्य उपसमूहको सूचक घटेको छ । हिमालयन पावर पार्टनरको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ।
सानिमा लाइफ इन्सुरेन्स, रैराङ हाइड्रो पावरको सेयर मुल्य पनि ९ प्रतिशतभन्दा बढिले बढेको छ । साधना लघुवित्त, अपि पावर, युनियन हाइड्रो पावर र माउन्टेन हाइड्रो नेपालको सेयर मुल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ। रिडी हाइड्रो पावरको सेयर मुल्य ५ प्रतिशतभन्दा बढिले घटेको छ । आइसिएफसी फाइनान्स, सपोर्ट लघुवित्त, नेपाल टेलिकम लगायत कम्पनीको पनि सेयर मुल्य घटेको छ ।
नेप्सेका अनुसार बिहीबार ७ अर्ब ५ करोड ७ लाख ७० हजार रुपैयाँ बराबरको एक करोड ४४ लाख ७४ हजार ८ सय ५५ कित्ता सेयर खरिदविक्री भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar