२४ भदौ,काठमाण्डौ – बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी उमेश लामा गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीबाट प्रक्राउ परेका छन ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका लामा काठमाडौं महानगरपालिका १० घर भर्इ गोकर्णेश्वर नगरपालिका ५ नयाँबस्ती बस्दै आएका थिए । उच्च अदालत पाटनको २०७७ फागुन ११ गते र २०७८ वैशाख ८ गतेको फैसलाले लामालाई ७ दिन कैद र ११ लाख जरिवाना सुनाएको थियो।
महाराजगञ्जबाट खटिएको प्रहरीले लामालाई नयाँबस्ती जोरपाटीबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनले पीडितलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएर कृषि विकास बैंकको चेक आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितलाई दिएका थिए।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्युरोले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar