२४ भदौ,काठमाण्डौ – अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की पूर्वाधार परियोजना उपाध्यक्ष फातिमा सुमार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेकी छन ।
चार दिने भ्रमणमा रहेकी उपाध्यक्ष फातिमा सुमार प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग भट्न बालकोट पुगेकी हुन् । आज बिहान ९ बजे काठमाडौंमा अवतरण गरेकी सुमारको पहिलो भेट नै संसद्को प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग हुन लागेको हो । उनीहरूबीच दिउँसो दुई बजे भेट हुने तय भएको थियो ।
चारदिने भ्रमणका लागि नेपाल आएकी सुमारले नेपालमा एमसीसी कार्यान्वयनको वातावरण बनाउन सबैजसो दलका नेताहरूसँग भेट्ने कार्यक्रम तय गरेकी छिन् । फातिमासँगै सहायक उपाध्यक्ष जोनथन ब्रुक्स पनि काठमाडौं आएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar