२४ भदौ,काठमाण्डौ – काठमाण्डौको पुरानो बानेश्वरमा फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।
आज बिहीबार बिहान करिब ११ बजे मातृका आँखा केन्द्रको भवनमा शंकास्पद वस्तु फेला परेको थियो । एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाण्डौ अवतरण भएलगत्तै पुरानो बानेश्वरमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो ।
शंकास्पद बस्तु बम रहेको आशंका गरिएकोमा जाँच गर्दा बम नभएको पुष्टि भएको प्रहरीले बताएको छ ।
केन्द्रको तेस्रो तलाको शौचालयमा सो वस्तु राखिएको थियो । शंकास्पद बस्तु भेटिएपछि सेनाको डिस्पोजल टोली केन्द्रमा पुगेको थियो।
एमसीसी उपाध्यक्ष काठमाण्डौ अवतरण भएलगत्तै बानेश्वरमा शंकास्पद वस्तु फेला
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar