२४ भदौ,काठमाण्डौ – युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो विशेष साधारणसभा बोलाएको छ ।
गत भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो असोज ८ गते एफपीओ जारी गर्ने प्रस्ताव सहित विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा बाँकेको कोहलपुरस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले युनिक नेपाल र घोडीघोडा लघुवित्त आपसमा गाभ्ने वा गाभिने सम्बन्धी विशेष प्रस्ताव अनुमोदन समेत गर्नेछ।
भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति हुने प्रयोजनका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। त्यस्तै राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था बनाउन प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar