२४ भदौ,काठमाण्डौ – एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाण्डौ अवतरण भएलगत्तै पुरानो बानेश्वरमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।
एमसीसी उपाध्यक्षको काठमाण्डौ भ्रमण र एमसीसीको बिरोध भैरहँदा केहिबेरअघी मात्र पुरानो बानेश्वरस्थित आँखा अस्पताल भएको एक भवनमा शंकास्पद वस्तु भेटिएको हो । मात्रिका आई सेन्टर भएको भवनमा बिहीबार बिहान बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।
अहिले नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको छ । घटनास्थल आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाउँदै सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar