२३ भदौ,काठमाण्डौ – बागमती प्रदेश सरकारले मन्त्रिमण्डल विस्तार गरेको छ।
अल्पमतमा रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार ६ मन्त्रीसहित थप चारजना राज्यमन्त्री नियुक्त गरेकी हुन्। नवगठित मन्त्रिपरिषदमा केशवराज पाण्डे भौतिक पूर्वाधार, विजय सुवेदी सामाजिक विकास, रचना खड्का आर्थिक मामिला तथा योजना, शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण, प्रदीपकुमार कटुवाल क्षेत्री स्वास्थ्य, चन्द्र लामा भूमि व्यवस्था कृषि तथा सहकारी र डा.अजयक्रान्ति शाक्य आन्तरिक मामिला तथा योजना मन्त्रीको रूपमा नियुक्त भएका हुन्।
त्यस्तै जीवन खड्का भौतिक पूर्वाधार विकास, बद्री मैनाली भूमि व्यवस्था कृषि तथा सहकारी, सरस्वती बाटी उद्योग, पर्यटन तथा वातावरण र जुनेली श्रेष्ठ सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएका छन्। बागमती प्रदेशमा स्वास्थ्य मन्त्रालय थप गरिएको हो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar