२३ भदौ काठमाण्डौ – नेकपा एमालेका दुई सांसदले माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।
आज बुधबार प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्यका शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गराउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । माधव नेपाल नेतृत्वको पार्टी दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरेका सांसद द्धयले सनाखत गर्नका लागि पछि निवेदन दिएका थिए।
तर निर्वाचन आयोगले भने उनिहरुको सनाखत गराएको थिएन। नेकपा (एकीकृत समाजवादी) मा सनाखत नगरी एमाले छाड्दा सांसद पद नै गुम्ने भएपछि उनीहरुले आज सर्वोच्चमा रिट दायर गरेका हुन् ।
सर्वोच्चले बिहीबारका लागि पेशी तोकेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar