२३ भदौ काठमाण्डौ – मेक्सीकोमा शक्तिशाली भूकम्प गएको छ ।
मेक्सीकोको दक्षिण पश्चिम इलाकामा ७.० म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्व मापन केन्द्रले जनाएको छ । लस अर्गानोस डी स्यान अगस्टिनको पूर्व – उत्तर – पूर्वमा ४ किलोमिटर पर, अका पुल्कोको प्यासिफिक बिच रिसोर्ट सिटीभन्दा लगभग ८ माइल पर आएको हो । गहिराई मापन गर्दा प्रारम्भमा ७.८ माइल गहिराइमा उक्त भूकम्प मापन गरिएको थियो ।
भूकम्पपछि सुनामीको चेतावनीसमेत दिइएको राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासनले जानकारी दिएको छ । मेक्सिको शहरमा जमिन हल्लिन थालेपछि अलार्म बजेको सुन्न सकिन्छ । क्लाउडिया सेइनबाउमले आफ्नो ट्वीटर अकाउन्टमा सुरुवाती रिपोर्टमा खासै ठूलो क्षतीबारे जानकारी नभएको जानकारी दिइन् । यद्यपि, उक्त स्थानमा बिजुली आपूर्ति बन्द भएको उनले बताइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar