२२ भदौ,काठमाण्डौ – साताको तेस्रो दिन सेयर बजार परिसूचक नेप्से ४४.१८ अङ्कको गिरावट हुँदा २९३६ दशमलव ६१ बिन्दुमा बन्द भएको छ ।
यो साता आइतबार र सोमबार उच्च उतारचढाव देखिएको नेप्सेमा मंगलबार पनि उतारचढावकाबीच नेप्सेमा ४४ अंकको गिरावट भएको हो । नेप्से सँगै अन्य र म्युचुअल फन्डबाहेक सबै उपसूचकमा गिरावट भएको छ । अन्य उपसूचक १ दशमलव ०१ प्रतिशत र म्युचुअल फन्ड उपसूचकमा ० दशमलव ६५ प्रतिशतको गिवरावट भएको छ ।
यता बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा नै २ दशमलव ६८ प्रतिशतको गिरावट हुँदा होटेल तथा पर्यटन उपसूचक सवार्धिक २ दशमलव ९९ प्रतिशत, लघुवित्त उपसूचक २ दशमलव ५८ प्रतिशत, निर्जीवन बिमा उपसूचक २ दशलमव १३ प्रतिशत र जीवन बिमा उपसूचक १ दशमलव ८ प्रतिशतले घटेको छ । बजार परिसूचकसँगै कारोबार रकम पनि घट्दै गएको छ । आइतबार ११ अर्ब माथिको कारोबार भएको बजारमा हिजो सोमबार नेप्सेमा १६२ अंकको वृद्धि हुँदा पनि करिब १० अर्बको कारोबार भएकोमा आज ७ अर्बमा झरेको छ ।
आज नेप्सेमा १ करोड ५० लाख ८२ हजार ०८१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४९ करोड ५८ लाख १२ हजारको कारोबार भएको छ । आज बजारमा कारोबार रकममा युनाइटेड मोदी हाइड्रोपावरले लिड गरेको छ । कम्पनीको सवार्धिक ६१ करोड ९२ लाख ९१ हजारको कारोबार हुँदा अरूण भ्याली हाइड्रोपावरको ३८ करोड ४२ लाख ८७ हजारको कारोबार भएको छ । यस्तै, अपी पावरको १९ करोड, ज्योति विकास बैंकको साढे १७ करोड र रीडी हाइड्रोपावरको १६ करोडको सेयर कारोबार भएको छ ।
नेप्सेमा १८५ कम्पनीको सेयर कारोबारमा आएकोमा १५९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै, २६ कम्पनीको सेयरमूल्य भने बढेको छ । नेप्सेमा हालैमात्र आईपीओ जारी गरेको सानिमा लाइफको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा युनाइटेड मोदी हाइड्रोपावरको सेयरमूल्य ७ दशमलव ७८ प्रतिशत र जलविद्युत लगानी तथा विकास कम्पनीको सेयरमूल्य ५ दशमलव १६ प्रतिशतले बढेको छ । यता आरएमडीसी लघुवित्तको सेयरमूल्य ७ दशमलव ७३ प्रतिशतले गिरावट हुँदा रुरु जलविद्युत कम्पनीको सेयरमूल्य ७ दशमलव ०१ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको सेयरमूल्य ५ दशमलव ६० प्रतिशतले घटेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar