२२ भदौ,काठमाण्डौ – दुईलाख घुषसहित नेकपा एमालेका जनप्रतिनिधी रंगेहात पक्राउ परेका छन् ।
नेकपा एमालेका नेतासमेत रहेका काठमाडौं महानगरपालिका वडा नम्बर – १४ का वडा सदस्य वसन्त महर्जनले वडामा आएका सेवाग्राहिसंग घुष बापत दुईलाख मागेका थिए । तर सेवाग्राहिले भने अख्तियारमा सम्पर्क गरेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले छापा मार्दा कंलकी खसीबजारस्थित तन्दुरी रेष्टुरेन्टबाट घुस सहित महर्जन पक्राउ परेका हुन् । वडा सदस्य महर्जनले मैतिदेवीको जग्गा नामसारी र नाता प्रमाणित गरिदिने भन्दै दुई लाख रकम माग गरेको सेवाग्राहिले बताएका छन् ।
वडा सदस्य महर्जनलाई घुस रकमसहित पक्राउ गरि थप अनुसन्धान र कारबाहीको लागि अख्तियार कार्यालय टंगालमा लगिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar