२० भदौ,धादिङ – धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ ईर्जु हटियामा बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङ, बोहार फाउन्डेसन , हेफर ईन्टरनेशनल नेपाल,सिद्धलेक गाउँपालिकाको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत साेमबार ३८ जनालाई बाख्रा उपहार गरीएको हो ।
मंकाली स्वाबलम्बी महिला समुहले मुक्तिनाथ र अकला स्वबलम्बी महिला समुहका ३८ जना सदस्यहरुलाई बाख्रा वितरण गरेको हो । बाख्रासँगै बाख्रा बाँध्ने किलो र एक मुठ्ठो घाँस पनि सँगै वितरण गरीएको थियो । मंकाली स्वालम्बी महिला समुहका अध्यक्ष खिल कुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न उपहार प्रदान कार्यक्रममा कार्यक्रममा सिद्धलेक गाउँपालिका वडा नं ६ का वडाध्यक्ष टीका प्रसाद थपलियाकाे प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा विशेष अतिथि प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेल , कार्यकारी निर्देशक दामाेदर अर्याल, उपहार महिला सहकारीका प्रतिनिधि सिद्धलेकमा गठन भएका मुल तथा उपहार समुहका सदस्यहरूको समेत उल्लेख सहभागीता रहेको सामुदायिक सहजकर्ता एकराज पण्डितले जानकारी दिनु भयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि सिद्धलेक गाउँपालिकाका वडा नं ६ का वडाध्यक्षले महिला शसक्तिकरणको लागी यस्तो कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको भन्दै खुशी व्यक्त गर्नुभयो । आर्थिक स्तर बृद्धि गर्नको लागी कृषि तथा पशुपालन महत्वपुर्ण रहेको भन्दै उहाँले आफुले उपहार पाएको बाख्रालाई राम्रो स्याहार गर्न समेत आग्रह गर्नुभयो । वडाध्यक्ष थपलियाले गाउँपालिकामा कृषि र पशुपालन क्षेत्रको पकेट क्षेत्र बनाउने आफ्नो सोचमा प्रयास नेपालले सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो ।
यसैगरी थपलियाले सिद्धलेक गाउँपालिकामा कुनै पनी जग्गा बाझो राख्न नपाउने भन्दै उहाँले बाँझो राख्न नपाईने भनी गरेको निर्णयलाई पनि कार्यक्रमले सहयोग गरेको र महिला दिदिबहिनी मार्फत आयआर्जन र सकारात्मक सोच विकास भएकोमा गाउँपालिका खुशि रहेको र सहकार्य गरेको बताउनु भयो ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रयास नेपालका कार्यकारी निर्देशक दामाेदर अर्यालले समुदाय सामाजिक भावना हराउँदै गएको अबस्थामा सामाजिक पुँजि वृद्धि गर्नुको स्थानीय सीप,प्रविधि ,जमिनको प्रयोग गरि आयआर्जनको लागि कार्यक्रम गर्न गाउँपालिकाको सहकार्यमा सहयोग गरिएकोले आफुले पाएको बाख्राको सहि सदुपयोग गर्नको लागी आग्रह गर्नुभयो । हाल मुल तथा उपहार गरि ७२ समूहका १७ सय ५० घर परिवार र र उपहार महिला कृषि सहकारीमा कार्यक्रम संचालनमा रहेको प्रयास नेपालका कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनु भयो।
यसका साथै उक्त कार्यक्रममा मानव बेचबिखन तथा अोसार पसार बिरुद्धको १५ अौ राष्ट्रिय दिवस २० भदौ २०७८ को अवसरमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालय मानव अधिकार संरक्षण तथा मानव बेचबिखन बिरुद्धको संञ्जालको सहकार्य तथा प्रयास नेपाल धादिङले जनचेतनामूलक अन्तरक्रिया तथा सचेतनामुलक सामाग्री ब्रोसर वितरण गरि जानकारी गराएको पनि सामुदायिक सहजकर्ता बिनोद पोखरेलले जानकारी दिनु भयो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar