१७ भदौ,धनगढी – नेपाल प्रहरीको जागिर लगाईदिन्छु भन्दै पैसा असुल्ने युवक कैलालीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका – २ का २५ बर्षिय मनोजकुमार सिंह रहेका छन् । उनले आफ्नो प्रहरी उच्च अधिकारीसँग सम्बन्ध रहेको बताउँदै प्रहरीमा भर्ना गरिदिने भन्दै एक युवकबाट ६० हजार असुली गरेको प्रहरीको दावी छ । प्रहरी जवान पदको सम्पूर्ण परीक्षा समाप्त भई नतिजा आउने बेला ती युवकले पैसा नदिए फेल गराइदिने भन्दै धम्की दिएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार पैसा असुली गरेको जानकारी पाएपछि प्रहरीले सिंहलाई बुधबार धनगढीस्थित ट्राफिक चौराहाबाट पक्राउ गरेको हो । युवकबाट सिटिजन्स बैंक धनगढीको नाममा रहेको ६० हजारको चेक र मोबाइल बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।
युवकको मोबाइलमा प्रहरी बनाइदिने भन्दै गरेको बार्गेनिङको रेकर्ड रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका सिंहमाथि ठगी शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar