१७ भदौ,काठमाण्डौ – सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी संवैधानिक इजलासमा जारी बहस रोक्न अन्तरिम आदेश जारी गरेको छ ।
अधिवक्ता डा. गणेश रेग्मीले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले संवैधानिक इजलासमा जारी बहस रोक्न अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश फुयाँलको एकल इजलासको आदेशमा भनिएको छ, “प्रस्तुत विषयहरू यस निवेदनको प्रयोजनको निमित्त महत्वपूर्ण भएको र उक्त विषयहरूको निर्क्योल गरेर मात्र निवेदकले निवेदनमा उठाएका हाल संवैधानिक इजलासमा चलिरहेको संविधानको धारा २८४ बमोजिम संवैधानिक परिषद्मा सदस्य रहने प्रधानन्यायाधीश समेत संलग्न भई संवैधानिक निकायको नियुक्तिसँग सम्बन्धित प्रधानन्यायाधीश उक्त इजलासमा बस्ने वा नबस्ने भन्ने विषय समेतलाई टुंगो गरी संवैधानिक इजलासका सम्बन्धित मुद्दाहरू निर्णय गर्नुपर्ने देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त मुद्दाहरूको सुनुवाइ नगर्नू÷नगराउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।”
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar