१७ भदौ,धादिङ – धादिङको निलकण्ठ नगरपालिका मेयर भिम प्रसाद ढुंगानाका सल्लाहकार दिपक कोईरालाले धादिङ जिल्ला अस्पताललाई आफुबिरुद्धको बिज्ञप्ती हटाई तत्काल माफी माग्न चेतावनी दिएका छन् ।
आज बिहिवार बिहान सामाजिक संजाल फेसबुक मार्फत् कोईरालाले धादिङ जिल्ला अस्पताललाई आफुबिरुद्धको बिज्ञप्ती हटाई तत्काल माफी माग्न चेतावनी दिएका हुन् । त्यस्तै कोईरालाले अस्पताल प्रशासनले लापरवाही, लफडा र गैर जिम्मेवारीपन देखाएको र उल्टै आफ्नो मानमर्दन गरेको बताएका हुन् ।
फेसबुक मार्फत् चेतावनी दिंदै कोईरालाले आज दिनभरीमा अस्पताल प्रशासनले गल्ती नसच्याए सरोकारवाला सहितको अस्पताल प्राङगणमै आँफैले पत्रकार सम्मेलन राख्ने बताएका छन् । यद्धपी आफ्नो गल्ति भए आफुलाई कालोमोसो दल्न र नभए अस्पतालका मेसु, अध्यक्ष र मतियारहरूलाई कालो मोसो दलेर जनताले बजार घुमाउने समेत कोईरालाले चेतावनी दिएका छन् ।
कोईरालाले फेसबुकमा लेखेका छन् – “धादिङ जिल्ला अस्पताललाई तत्काल म बिरूद्दको बिज्ञप्ती हटाएर माफी माग्न मेरो चेतावनी छ ! लापरवाही, लफडा र गैर जिम्मेवारी आफू हुने अनि मानमर्दन मेरो गर्ने ! आजको दिन भित्र गल्ती नसच्याए सरोकारवाला सहितको पत्रकार सम्मेलन अस्पताल प्राङगणमै म राख्नेछु । मेरो गल्ती भए मलाई कालो मोसो दलियोस् हैन भने मेसु, अध्यक्ष र मतियारहरूलाई कालो मोसो दलेर बजार घुमाउंछन् जनताले। दुर्घटनाको खबर आधा घण्टा अघिनै भै गम्भीर बिरामी अस्पताल ल्याइपुर्याउंदा अस्पतालमा कुनै उपचार तयारी थिएन ! मेसु ले फोन नउठाएसी अध्यक्षलाई मैले फोन गरेकै हुं । टिकटक कस्ले बनायो थाहाछैन तर यो टिकटकमा के दोष छ मलाई आरोप लाउनुपर्ने ! २० हजारले हेरिसकेसी टिकटक कस्ले बन्द गर्न बाद्य पार्यो त्यो बुझ्दैछु म !”
गत भाद्र १४ गते भएको आईचर दुर्घटनाको विषयलाई लिएर नीलकण्ठ नगरपालिकाको कर्मचारीद्धारा अमर्यादित तवरले धम्काएको भिडियो सार्वजनिक भएको भन्दै अस्पतालले बिज्ञप्ति मार्फत् भ्रत्सना गरेको थियो ।
बिज्ञप्तिमा नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला विरुद्ध विज्ञप्ती जारी गर्दै टिकटक भिडियोमा कोईरालाले बोलेको कुरा अनर्गल र भ्रामक रहेको बताएको छ । कोईरालाले बोलेको कुरालाई भिडियोमा भिडियो रेकर्ड गरी कसैले टिकटक बनाएपछि अस्पतालले विज्ञप्ती नै जारी गरेर कोईरालाको भनाई अनर्गल र भ्रामक रहेको बताएको थियो ।
भदौ १४ बिहान ज्वालामुखी गाउँपालिकाबाट धादिङबेसी आउँदै गरेको आईचर ट्रक धादिङबेसी नजिकै बगैचामा दुर्घटना हुँदा ३५ जना घाईते भएका थिए । घाईते उद्द्धारमा देखिएका दिपक कोईरालाले अस्पतालमा आएपछि उपचारमा समस्या देखिएपछी अस्पताल व्यवस्थापन समितिका अध्यक्षलाई टेलिफोन गरी कर्मचारीलाई उपचारमा ध्यान दिन सुझाएका थिए । तर कोईरालाले अस्पतालका अध्यक्षलाई फोन गरिरहँदा अस्पतालमा उपस्थित् भएका बिरामीका आफन्तले भिडियो रेकर्डगरी टिकटकमा अपलोड गरेका थिए । टिकटक पोष्ट गरेपछि अस्पतालले कोईराला विरुद्ध बुधबार विज्ञप्ती जारी गरेको थियो ।
टिकटक भिडियोमा ‘हस्पिटलमा एक जना डाक्टर छैन , तपाई आउनु पर्यो’ भन्दै कोईरालाले टेलिफोन मार्फत् अस्पताल व्यवस्थापन समितीका अध्यक्ष महेन्द्र धमलालाई आग्रह गरेका छन् । जम्मा ३९ सेकेण्डको उक्त भिडियोमा भिडियो खिच्ने व्यक्तिले पनि आज श्री कृष्ण जन्मास्टमी सार्वजनिक विदा भनेर चिकित्कस नआएको र घाईतेहरुको उपचारमा कठिनाई भएसँगै स्थानीयहरु आक्रोसित भएका छन् भन्दै बोलेको प्रष्ट रुपमा बोलेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar