१६ भदौ,धादिङ – धादिङमा नेकपा एमाले जिल्ला कमिटी नै नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।
आज बुधवार, धादिङबेशीमा आयोजित् नेकपा एकीकृत समाजवादी पार्टीको अगुवा कार्यकर्ता भेलामा गत बैशाख ४ गते घोषणा गरिएको माधवकुमार नेपाल समूहको एमाले समानान्तर जिल्ला कमिटी नै नेकपा एकीकृत समाजवादीमा समाहित भएको हो ।
एमालेभित्र विवाद उत्कर्षमा पुग्दै गर्दा धादिङमा गत बैशाख ४ गते १९१ सदस्यीय समानान्तर जिल्ला कमिटी घोषणा गरिएको थियो । त्यस्तै आज बसेको समानान्तर जिल्ला कमिटीको बैठकले नेकपा एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको थियो ।
नेकपा एकिकृत समाजवादी पार्टीले अव छिट्टै वडातहसम्म गठन भएका समानान्तर कमिटीलाई पनि पार्टीमा समाहित गर्दै सांगठनिक गतिविधिलाई सशक्त बनाउँदै लाने बताएको छ।
त्यस्तै आज बसेको जिल्ला कमिटीको बैठकले जिल्ला पदाधिकारीहरूको जिम्मेवारीसमेत बाँडफाँड गरेको छ। यद्धपी पहिले बनाएको समानान्तर कमिटीका पदाधिकारीलाईनै नयाँ पार्टीको पदाधिकारीको जिम्मेवारी दिने निर्णय गरेको नेकपा एकिकृत समाजवादीले जनाएको छ । यसअघी धादिङ जिल्ला समानान्तर कमिटीका अध्यक्षमा शिवराज कँडेल चयन भएका थिए ।
त्यस्तै कमिटीको उपाध्यक्षमा नारायण कार्की, सचिवमा सुवास खतिवडा, उपसचिवमा जीवन तामाङलाई चयन गरिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar