१६ भदौ,काठमाण्डौं – सानिमा इक्विटी फण्डले आफ्ना लगानीकर्ताहरुलाई ३३ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ ।
सानिमा क्यापिटलको भदौ १५ गते बसेको सञ्चालक समितको बैठकले लाभांश घोषणा गरेको हो । सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको इक्विटीले लगानीकर्तालाई आकर्षक प्रतिफल दिने भएको छ ।
घोषणा अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट योजनाका ईकाई धनीहरुले ३३ प्रतिशत प्रतिफल पाउनेछन् । योजनाको आकार एक अर्ब ३० करोड रुपैयाँको करसहित ३३ प्रतिशत हुन आउने ४२ करोड नब्बे लाख रुपैयाँ प्रतिफल वितरण गर्ने भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar