तालिबान लडाकू तथा तिनलाई प्रतिकार गरिरहेका लडाकूहरूबीच अफगानिस्तानको पंजशिरको प्रवेशद्वार गुलबहारमा भीषण भिडन्त भइरहेको छ ।
यसैबीच गुलबहार रोडलाई पंजशिरसँग जोड्ने एक पुललाई तालिबानले विस्फोट गरेर उडाइदिएको खबर स्वतन्त्र पत्रकार नातिक मलिकजादाले दिएका छन् । सोमवार राति पंजशिर उपत्यकामा भएको भिडन्तमा आठजना तालिबान लडाकू मारिएको खबर आएपछि तालिबानले पुल उडाएको हो ।
प्रतिकार आन्दोलनका अगुवा अहमद मसूदका प्रवक्ता फाहिम दश्तीका अनुसार, तालिबानले सोमवार पंजशिरमा लडाइँ शुरू गरेका हुन् । दुवै पक्षका लडाकू घाइते भएको अनि आठजना तालिबान लडाकूको मृत्यु भएको उनले जानकारी दिए ।
आइतवार तालिबानले पंजशिरमा इन्टरनेट सेवा अवरुद्ध गरेका थिए । पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहले ट्विटरमा सन्देश नदिऊन् भनी तालिबानले इन्टरनेटका पोल ढलाइदिएका हुन् ।
तालिबानको नियन्त्रणमा नपुगेको एक मात्र प्रान्त पंजशिर हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar