१५ भदौ,काठमाण्डौ – सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० जना प्रदेशसभा सदस्यले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।
नेपाली कांग्रेसका सभापति शुरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि माधवकुमार नेपालको नेतृत्वमा एमाले छाडेर एकीकृत समाजवादी पार्टी गठन भएको थियो ।
निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न भदौ २२ गतेसम्म मिति निर्धारण गरेको छ । सोही अनुरुप सूदुरपश्चिम प्रदेशका १० जना सांसदले प्रादेशिक निर्वाचन कार्यालय पुगेर एमाले छाडेर एकीकृत समाजवादी रोजेका हुन् ।
एकीकृत समाजवादी रोज्ने सांसदहरुमा दुर्गा विक, पूर्णा जोशी, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर चौधरी, मना साउद, सुशीला बुढाथोकी, बलबहादुर सोडारी, लालबहादुर खड्का र चुनकुमारी चौधरी रहेको एकीकृत समाजवादीकी केन्द्रीय सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar