१५ भदौ,काठमाण्डौ – सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) का शीर्ष नेताहरुबीच मन्त्रिपरिषद्लाई शीघ्र पूर्णता दिने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको बैठकमा सहभागी कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।
उक्त बैठकमा समसामयिक राजनीति विषयको समीक्षा, मूल्याङ्कनका साथै सरकार सञ्चालनलगायत विषयमा छलफल भएको उनले बताए ।
बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, महामन्त्री खड्कालगायत नेता सहभागी थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar