१४ भदौ,काठमाण्डौ – साहित्यकार एवं प्राध्यापक आनन्ददेव भट्टको निधन भएको छ ।
उनी प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य थिए । भट्टको ८५ वर्षको उमेर निधन भएको छ ।
सोमबार बिहान साढे सात बजे आफ्नै निवास काठमाडौंको कालिकास्थानमा भट्टको निधन भएको साहित्यकार मातृका पोखरेलले जानकारी दिए । उनी विगत चार/पाँच वर्षदेखि अल्जाइमर रोगबाट पीडित थिए । प्रगतिशील लेखक संघका पूर्व अध्यक्षसमेत रहेका भट्टका अढाइ दर्जनजति कृति प्रकाशित छन् । वि.सं. १९९० सालमा बैतडीमा जन्मिएका भट्टले नेपालको बामपन्थी कम्युनिष्ट आन्दोलनमासमेत ठूलो गोगदान पुर्याएका छन्।
भट्टको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अत्यष्टि गर्ने तयारी रहेकाे परिवारस्राेतले जनाएकाे छ । उनका श्रीमती, दुई छोरा र छोरी छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar