१४ भदौ,काठमाण्डौ – ग्लोबल आइएमई बैंकले कुशे औंसी तथा हरितालिका तीज अवसर पारेर ग्राहक लक्षित विशेष क्यास ब्याक योजना सार्वजनिक गरेको छ ।
मोबाइल बैंकिङ एप्लिकेसन, क्यूआर पेमेन्ट एवं डेबिट तथा क्रेडिट कार्ड प्रयोगलाई बढावा दिन बैंकले क्यास ब्याक योजना सार्वजनिक गरेको हो । क्यासब्याक योजनाअन्तर्गत भदौ २१ र कुशे औंशीका दिन २२ गते बुबाका लागि कुनै पनि उपहारको खरिदमा गिफ्टु फादर लेखेर क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत ३ सय रुपैयाँसम्म क्यास ब्याक पाइनेछ ।
यसैगरी भदौ २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानीमा खरिदको २० प्रतिशत ५ सय रुपैयाँसम्म क्यास ब्याक फिर्ता पाइनेछ । क्यास ब्याक योजनालाई तीज विशेष बनाउन बैैंकले महिलालाई ग्राह्यता दिइने बैंकले बताएको भएको छ ।
बैंकमा नारी बचत तथा नारी शक्ति बचत खाता रहेका महिलाले डेबिट कार्ड प्रयोग गरी पीओएस/इकममार्फत ३ हजार वा सोभन्दा बढीको भुक्तानीमा ३ सय रुपैयाँ क्यासब्याक फिर्ता पाउनेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar