१४ भदौ,धादिङ – धादिङको गजुरीमा एनसेलको टावरमा तार जोड्ने क्रममा करेन्ट लागेर २ जना मजदुरको मृत्यु भएको छ ।
आज (सोमबार) बिहान, गजुरी गाउँपालिका वडा नम्बर ५ बञ्चरे डाँडामा एनसेलको टावरमा तार जोड्ने क्रममा पोलमा लाईन सर्ट भई करेन्ट लागेर २ जना मजदुरको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी युवराज खड्काका अनुसार उनीहरुले तार जडानका क्रममा बिजुलीको पोलमा भर्याङ हालेका थिए । भर्याङ हाल्नेक्रममा करेन्ट लागेर २ जनाको घटनास्थलमै मृत्यु भएको स्थानियबासीलाई उद्धृत गर्दै डिएसपी खड्काले बताए ।
ईलाका प्रहरी कार्यालय गजुरीको टोली पनि अहिले घटनास्थलमा पुगेको छ । डिएसपी युवराज खड्काले पनि घटना भएको पुष्टि गरे । ‘मृत्यु भएको हो । हामी अहिले यहीँ छौँ । अहिले हामी काम गर्दैछौँ,’ उनले भने । डिएसपी खड्काका अनुसार अर्का एक जना मजदुर पनि गम्भिर घाइते भएका छन् । उनलाई स्थानिय अस्पतालमा उपचारका लागी पठाईएको खड्काले जानकारी दिए ।
करेण्ट लागी मृत्यु र गम्भीर घाईते भएकाहरुको सनाखत भइसकेको छैन । केहीबेरमा बिस्तृत विवरण आउने डिएसपी खड्काले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar