१३ भदौ,काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता गङ्गालाल तुलाधरले नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली जस्तो धुन्दुकारीसङ्ग छुट्टीनु परेकोमा दुखेसो नरहेको स्पष्ट पारेका छन् ।
आज आइतबार धादिङ घर भइ काठमाण्डौमा बसोबास गर्ने नेकपा एकीकृत समाजवादी पार्टी निकटका कार्यकर्ताहरुसङ्गको भेटघाटका क्रममा नेता तुलाधरले यस्तो बताएका हुन् । कार्यकर्तासङ्ग कुराकानी गर्दै नेता तुलाधरले, एमाले अध्यक्ष ओलीले ओली प्रवृत्तिकै कारण नेकपा एकता विफल र अहिले आएर पार्टी नै विभाजित गर्नुपर्ने अवस्था आएको बताए । ओलीमा आफू प्रधानमन्त्री नहुने हो भने कुर्सी नै भाँचिदिने प्रवृत्ति रहेको उल्लेख गर्दै ओली कम्युनिस्टको नाममा कलंक भएको समेत बताए ।
पार्टीको अन्तरद्वन्द चलीरहदा केही नेताहरुले भने बीचैमा आफूहरुलाई धोका दिएको भन्दै तुलाधरले गुनासो गरे । उनले ओली सत्ता बाहेक केही नरोच्ने व्यक्ति रहेको आरोप लगाउँदै विश्वासको मत नपाउँदा पनि राजीनामा दिएर नैतिकता नदेखाएको टिप्पणी गरे ।
पार्टीभित्रको अन्तरबिरोधका समय स्थाइ कमिटीका नेताहरु अस्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, अमृत बोहोरा, भिम रावल लगायतले छिट्टै नयाँ पार्टी गठन गर्न हतारो गरेको तर अन्तिममा आयर उनीहरु ओलीको टाङमुनी छिरेको तुलाधरले बताए ।
यद्यपि त्यतीबेलै योगेश भट्टराईले भने नयाँ पार्टीमा जान नहुने भन्दै सुझाव दिने गरेको नेता तुलाधरको भनाइ थियो ।
त्यस्तै नेता तुलाधरले कार्यकर्ताहरुलाइ नयाँ पार्टीमा इमान्दारिताका साथ लाग्न र सङगठित गर्न समेत सुझाव दिएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar