१३ भदौ,धादिङ – पहिरो प्रभावित धादिङका तीन स्थानीय तहलाई प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राहत सामग्री हस्तान्तरण गरेको छ ।
परिषदले धादिङको नीलकण्ठ नगरपालिका, खनियावास गाउँपालिका, रुवीभ्याली गाउँपालिका र आमाको मायाको छात्राबासलाई विभिन्न प्रकारका टेन्ट, प्लास्टिक सिट, सुत्ने म्याट, अत्यावश्यक औषधि लगायतका सामग्रीहरू हस्तान्तरण गरेको हो ।
भारत सरकारको सहयोगमा परिषद्ले धादिङसहित पहिरो प्रभावित अन्य जिल्लामा पनि राहत सहयोग गर्ने परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले जानकारी दिए । धादिङपछि गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, र दोलखा जिल्लामा वितरण गरिने ढकालले बताए । खनियाबास गाउँपालिकालालाई ठूलो साइजको टेन्ट १८ वटा, सिंगल साइजको फेमेली टेन्ट २० वटा, डबल साइजको फेमेली टेन्ट ५ वटा, प्लास्टिक सिट्स ५ वटा र स्लिपिङ म्याट २ सय ५८ वटा प्रदान गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ र प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण नेपालीले उक्त सामग्री बुझेका हुन् । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाको लागि ठूलो साइजको टेन्ट १० वटा, सिंगल साइजको फेमेली टेन्ट १८ वटा, डबल साइजको फेमेली टेन्ट ४ वटा, प्लास्टिक सिट्स ५ वटा र स्लिपिङ म्याट २ सय ४० वटा रहेको छ ।
रुवीभ्याली गाउँपालिकाबाट वडा सदस्य गमन तामाङ र स्वास्थ्य संयोजक राज तामाङले सामग्री बुझेका थिए । यसैगरी नीलकण्ठ नगरपालिकाको लागि ठूलो साइजको टेन्ट ५ वटा, सिंगल साइजको फेमेली टेन्ट १० वटा, डबल साइजको फेमेली टेन्ट ५ वटा, प्लास्टिक सिट्स ३ वटा र स्लिपिङ म्याट सय वटा प्रदान गरिएको छ ।
यसैगरी आमाको माया छात्रबासको लागि ठूलो साइजको टेन्ट २ वटा, सिंगल साइजको फेमेली टेन्ट २ वटा, डबल साइजको फेमेली टेन्ट १ वटा, प्लास्टिक सिट्स ३ वटा र स्लिपिङ म्याट ६० वटा प्रदान गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar