१२ भदौ,इलाम – इलामको चुलाचुली गाउँपालिकाका तीनटा वडामा सिँचाइ सुविधा पुर्याउन सुरु भएकाे रतुवा खोला सिँचाइ आयोजनाकाे निर्माण सम्पन्न भएको छ ।
चुलाचुली गाउँपालिका-३, ४ र ५ मा सिँचाइ गर्न रतुवा खोला सिँचाइ योजना निर्माण गरिएको हो । सिँचाइ विकास डिभिजन कार्यालय इलामले रतुवा खोलामा बाँध बनाएर निर्माण गरेर निर्माण गरेकाे आयोजनाबाट तीनवटा वडाका चार सय ५० हेक्टर खेत सिँचित हुने कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर रामनारायण श्रेष्ठले जानकारी दिए ।
२०७३/७४ बाट सुरु भएको आयोजनामा ११ करोड ४४ खर्च भएकाे छ । सिँचाइ आयाेजनाले किसानलाई खेती गर्न सहज हुने स्थानीय सोमनाथ अधिकारीको अपेक्षा छ । आयाेजना रतुवा खोला सिँचाइ जल उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।
सिँचाइ आयोजनाले चुलाचुली क्षेत्रको कृषिको आधुनिकरणमा सहयोग पुग्ने उपभोक्ता समितिका अध्यक्ष भीमकुमार योङयाले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar